कांग्रेसलाई 'शान्ति आचारसंहिता' सहित ११ बुँदे ज्ञापनपत्र

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ५ गते १९:१४
Image of https://mayorsap.com/storage/photos/shares/congr.jpg

काठमाडौं । नेपाली लेखक सङ्घले आज नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै पार्टीलाई परिश्रमी, मितव्ययी, आत्मानुशासित र इमानदार पार्टीका रूपमा विकास गर्न सुझाव दिएको छ ।

सङ्घले ज्ञापन पत्रमा कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा विशेष जोड दिएको सचिव नारायण सापकोटाले जानकारी दिए ।

सङ्घमा आबद्ध साहित्यकार तथा लेखकका तर्फबाट बुझाइएको यो ज्ञापन पत्रमा कांग्रेसले लिनुपर्ने नीति र नेता कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको प्रस्ताव गरिएको छ ।

सङ्घले २०७२ सालमा जारी भएको नेपालको संविधान परिमार्जनसहित लागू गरेर यसको आयु बढाउनका लागि सुझाव दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।

लेखक सङ्घले बौद्धिक क्षेत्रलाई राजनीतिक प्रभावबाट बाहिर राख्न सुझाव दिँदै अध्ययन, अनुसन्धान र वैज्ञानिक खोजलाई अनिवार्य सर्तका रूपमा अघि बढाउन माग गरेको छ ।

सुझावमा भनिएको छ, ‘देशमा पर्याप्त सङ्ख्यामा बौद्धिक, अनुसन्धानकर्ता, वैज्ञानिक तथा कृषि वैज्ञानिक निर्माण गर्नुपर्ने जरुरी छ र प्राज्ञिक, बौद्धिक, न्यायिक र प्रशासनिक क्षेत्र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ ।’


Facebook Comments