सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई दियो १९४ रनको लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते ०२:५३
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउनले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । यस्तै, विनोद भण्डारीले ४२ बलमा ४३ रनको योगदान दिए ।
एक समय १५ ओभरमा १६०/२ को बलियो स्थितिमा रहेको सुदूरपश्चिमको फिनिसिङ भने कमजोर रह्यो । टोलीले अन्तिम ५ ओभरमा ३३ रन जोड्दा ५ विकेट गुमाएको थियो ।
पोखराका लागि बलिङमा जिमी नीशमले ३ विकेट लिए भने डान डौथवेट र आकाश चन्दले समान २–२ विकेट हात पारे ।
Facebook Comments