दुबई एयर ‘शो’मा भारतीय वायु सेनाको फाइटर जेट दु*र्घटना
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते ०२:४९
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अल मकतूम विमानस्थलमा जारी दुबई एयर शो अन्तर्गत एक परीक्षण उडानमा भारतीय वायु सेनाको हल्का लडाकू विमान तेजस फाइटर जेट दुर्घटनाग्रस्त भएको छ ।
शुक्रबार दुबईको स्थानीय समयअनुसार २ः१० बजे विमान दुर्घटना भएको हो । हजारौँ दर्शकहरू अवलोकनका लागि जम्मा भएका बेला उडान भरेर शानदार मोड लिइरहेको सुपसोनिक क्षमताको तेजस जेट जमिनमा खसेर आगलागी भएको भिडियोमा देखिन्छ ।
भारतीय वायु सेनाले सामाजिक सञ्जाल ’एक्स’ मार्फत दुर्घटनामा पाइलटको मृत्यु भएको जानकारी दिएको छ । हिन्दुस्तान एरोनोटिकल लिमिटेडले निर्माण गरेको र नवीनतम प्रविधि प्रयोग गरिएको मानिने तेजस विमान दुर्घटनाग्रस्त भएपछि यसको सुरक्षा र प्रविधिमाथि गम्भीर प्रश्न उठेको छ ।
Facebook Comments