जेन-जीको दबाबमा बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ५ गते २३:०८
Image of https://mayorsap.com/storage/photos/shares/santosh-tamang.jpg

काठमाडौं । सिमरामा भएको जेन–जी प्रदर्शनपछि बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ ।  उनलाई प्रहरी हेडक्वार्टर तानिएको छ भने एसपी नरेन्द्र कुँवरलाई बारा पठाइएको छ । त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ ।

सिमरा घटनापछि जेन–जी अभियन्ता सुधन गुरुङले खुलेआम गृहमन्त्रीको आलोचना गरेका थिए । जेन–जी आन्दोलनकै बलमा गठित सरकारको मन्त्रीका विषयमा जेन–जी अगुवाले नै सार्वजनिक रूपमा आलोचना गरेपछि उनीहरूको आक्रोश साम्य पार्न बाराबाट एसपी फिर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ ।
 


Facebook Comments