कर्णालीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै लुम्बिनी
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०५:५०
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयू क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पहिलो खेलमा चितवनसँग पराजित भएकाले कर्णाली आज लिगमा आफ्नो पहिलो जितको खोजीमा रहेको छ ।
लुम्बिनी भने आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरिसकेको हुनाले यो खेलमा दोस्रो जितको लक्ष्य लिएर मैदानमा उत्रिनेछ ।
Facebook Comments