कर्णाली याक्सलाई लुम्बिनी लायन्सले दियाे १५७ रनको लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०५:५१
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गतको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले निर्धारित २० ओधरमा ८ विकेट गुमाएर १५६ रन बनाएको हो ।
लुम्बिनी लायन्स आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दै दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा चितवनसँग पराजित भएको कर्णाली याक्स आज लिगमा आफ्नो पहिलो जितको खोजीमा रहेको छ ।
अब कर्णाली याक्सले जितका लागि १५७ रनको लक्ष्य पछ्याउनेछ । लुम्बिनीविरुद्ध कर्णाली ब्याटिङ गर्न मैदानमा उत्रिएको छ ।
Facebook Comments