ब्लाइण्ड महिला टी– २० विश्वकप क्रिकेट: उपाधिका लागि नेपाल र भारत भिड्दै
मेयरसाप डेस्क
|
२०८२ मंसिर ७ गते १०:४९
काठमाडौं । नेत्रहीन महिला टी–२० विश्वकप (फस्ट वुमन्स टी२० वर्ल्ड कप क्रिकेट फर दी ब्लाइण्ड)को फाइनल प्रतिस्पर्धा आज हुँदैछ। भारत र श्रीलंकामा जारी प्रतियोगिताको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुनेछ ।
पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले १७० रनको लक्ष्य दिएको थियो। पाकिस्तानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६९ रन बनाएको हो। जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १७१ रन बनाउँदै फाइनल पुगेको हो।
पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।
Facebook Comments