टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल इङ्ल्यान्डसँग खेल्ने
मेयरसाप डेस्क
|
२०८२ मंसिर ९ गते ००:३८
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप क्रिकेटको समूह तथा खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार समूह विभाजनसहित खेल तालिका सार्वजनिक गरेको हो । विभाजित समूह अनुसार नेपाल समूह सीमा रहेको छ । सो समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली रहेका छन् ।
नेपालले पहिलो खेल इङ्ल्यान्डसँग फेब्रुअरी ८ मा खेल्नेछ। त्यसपछि दोस्रो खेलमा फेब्रुअरी १२ मा इटालीसँग र तेस्रो खेलमा फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग खेल्नेछ ।
लिग चरणको अन्तिम अर्थात चौथो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल फेब्रुअरी १७ मा हुनेछ। नेपालका चारै खेल मुम्बईमा हुनेछन्।
यस्तो छ विश्वकपको खेल तालिका :


Facebook Comments