आज देशभरको मौसम सफा रहने
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते २२:३९
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ । यस्तै, राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Facebook Comments