राम-सीताको विवाह सम्पन्न, आज अन्तिम दिन रामकलेवा मनाइँदै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते २०:२४
Image of https://mayorsap.com/storage/photos/shares/photo-18.JPG

जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवको छैठौं दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ । मंगलबार अबेर रातीसम्म जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर प्राङ्गनमा लाखौं श्रद्धालुभक्तजनको भीडकाबीच माता सीता र भगवान रामको मैथिली परम्परा अनुसार विवाह सम्पन्न भएको छ ।

दुलही झैं सजाइएको जानकी मन्दिरमा भारत, नेपालका लाखौं श्रद्धालुभक्तजनको उपस्थिति रहेको थियो । मंगलबार दिँउसो बाह्रविघा मैदानमा माता सीताको स्वयम्वर गरिएको थियो । सो बेला हेलिकप्टरमार्फत बाह्रविघा मैदान, जानकी मन्दिर र राममन्दिरमा पुष्पवृष्टि गरिएको थियो ।

आज विवाहपञ्चमी महोत्सवको अन्तिम दिन रामकलेवा रहेको छ । यस विधिमा अयोध्याबाट आएका सम्पूर्ण बारातीहरु (जन्ती) लाई ५६ व्यञ्जन खुवाएर दक्षिणासहित विदा गर्ने गरिन्छ । त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीता–राम विवाहपञ्चमी महोत्सव भव्यताका साथ मनाइन्छ । 


Facebook Comments