एमाले महाधिवेशन : उद्घाटन सल्लाघारीमा, बन्दसत्र भृकुटीमण्डपमा
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते १७:३०
काठमाडौं । नेकपा एमालेको आगामी ११औं महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा गर्ने निर्णय भएको छ । बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
आज बुधबार (मंसिर १० गते) बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले स्थानबारे अन्तिम निर्णय गरेको हो । महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
यसअघि पोखरामा गर्ने भनिए पनि पछि स्थान परिवर्तन गरेर काठमाडौं उपत्यकामा सारिएको थियो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले स्थानको टुङ्गो लागेसँगै महाधिवेशनको तयारीले थप गति लिएको बताए ।
Facebook Comments