चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्दै विराटनगर

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते १७:२१
Image of https://mayorsap.com/storage/photos/shares/biratnagar-chitwan.png

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो संस्करण अन्तर्गत चौथो खेलमा आज विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा भएको खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन् ।

विराटनगरले लगातार ३ खेल जितेको छ, भने चितवनले १ खेल जितेको छ । गत मंसिर १ गतेदेखि सुरु भएको यो प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । 


Facebook Comments