चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते ००:५०
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सको हार भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो ।
Facebook Comments