हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते २३:१९
Image of https://mayorsap.com/storage/photos/shares/hongkong-set-fire.jpg

एजेन्सी । हङकङको ताई पो जिल्लामा रहेको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ ।

स्थानीय समयअनुसार बुधवार दिउँसो २ बजेर ५१ मिनेटमा भएको यो आगलागीमा परी हालसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बीबीसीका अनुसार आगलागीका कारण ४५ जना गम्भीर अवस्थामा उपचाररत छन्, भने २७९ जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।

हङकङको अग्निशमन सेवा विभागले यस आगलागीलाई सबैभन्दा गम्भीर श्रेणी मानिने ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ ।

हङकङमा यति उच्च स्तरको आगलागी १७ वर्षपछि भएको हो । प्रहरी र दमकल टोलीले उद्धार कार्य जारी राखेका छन् ।


Facebook Comments