पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते २०:१९
Image of https://mayorsap.com/storage/photos/shares/pokhara_1.jpg

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

पोखराका लागि युगान्डाका सुमित वर्माले सर्वाधिक ५० रनको विष्फोटक अर्धशतक प्रहार गरे । दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।

साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले किफायती बलिङ गर्दै ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

पहिलो जितको खोजीमा रहेका दुवै टोलीमध्ये अब जनकपुर बोल्ट्स जवाफी ब्याटिङका उत्रिएको छ ।


Facebook Comments