त्रियुगा नगरपालिकाको भवन निर्माण सम्पन्न, मेयर र उपमेयरद्वारा उद्घाटन
१२ करोड १३ लाख लागतमा भवन निर्माण
No Author Assigned | २०८२ मंसिर १७ गते १०:३२उदयपुर । त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ । आठ कट्ठा जग्गामा रु १२ करोड १३ लाख १० हजारको लागतमा भवन निर्माण भएको हो ।
नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा सोमबार उद्घाटन गरेसँगै नयाँ भवनबाट सेवा प्रारम्भ भएको छ। ५० प्रतिशत अनुदान र ५० प्रतिशत आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख बस्नेतले बताए।
उक्त भवन अपाङ्गमैत्री र बालबालिकामैत्री रहेको नगरप्रमुख बस्नेतले बताए। नयाँ भवन उद्घाटन गरेर संचालनमा ल्याएसँगै नगरपालिकाले शाखा र सेवाहरु एकै ठाँउबाट सहज सेवा प्रवाह गर्ने भएको छ। यसअघिको पुरानो भवन सानो हुँदा दुई स्थानबाट सेवा प्रवाह हुँदै आएको थियो।
भवनमा विद्युतीय भर्याङ (लिफ्ट)सहित अन्डर पार्किङको सुविधा छ। २०७८ सालमा तत्कालीन नगरप्रमुख बलदेव चौधरीले भवनको शिलान्यास गरेका थिए।
Facebook Comments