हर्क साम्पाङ भन्छन्–छिटो विकासका लागि श्रमदान अपरिहार्य छ
योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुने मेयर साम्पाङको निष्कर्ष
No Author Assigned | २०८२ मंसिर १७ गते १४:४४
सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले छिटो विकासका लागि श्रमदान अपरिहार्य भएको बताएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका मेयर साम्पाङले मंगलबार पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुने समेत टिप्पणी गरे । उनले भने, “जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।”
श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने मेयर साम्पाङको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको समेत उनले स्पष्ट पारे। उनले भने, “पार्टीको उद्देश्य केवल श्रमलाई मूल्याङ्कन गर्नु मात्र नभइ, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।”
Facebook Comments