बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सवः १ करोड ४० लाख बढी रकम संकलन

User Image गोविन्द तिमिल्सेना | २०८२ मंसिर १७ गते १८:०८
Image of https://mayorsap.com/storage/photos/shares/bajura_1.jfif

बाजरा । बाजुराका त्रिवेणी नगरपालिकास्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा सम्पन्न बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सवबाट कम्तिमा १ करोड ४० लाख रकम बढी संकलन भएको छ। 

मंसिर ६ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको धार्मिक एवं ज्ञान विज्ञान महा–महोत्सव महायज्ञबाट करिब १ करोड ४० लाख बढी रकम संकलन भएको महायज्ञका कार्यक्रम संयोजक तथा त्रिवेणी नगरपालिका ४ का अध्यक्ष गणेश साउदले बताए ।

उनका अनुसार महायज्ञ भव्य रुपमा सु–सम्पन्न भएको बताउँदै यज्ञबाट मोटोमोटी १ करोड ४० लाख रकम बढी संकलन भएको बताएका छन्। सम्पूर्ण चन्ददाताहरुले दान गरेको रकम अनाथ टुहुरा बालबालिकाहरुका तथा आवासीय सुविधा सहित विद्यालयको सर्वाङ्गीण विकासका लागी प्रयोग गरिने जानकारी दिए।

उनले भने, “मोटामोटी एक करोड चालीस लाखको अनुमानित गरेका छौ। न्युनतम त्यहि रकम दान संकलन भएको छ। उठेको जति सम्पूर्ण रकम पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौं । ” 

साथै उनले ९ दिनसम्म सव्य–भव्य, शान्तिपूर्ण र ऐतिहासिक रूपले सम्पन्न भएको धार्मिक महायज्ञलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पुर्ण सहयोगीदाताहरुलाई धन्यवाद समेत दिएका छन्।

अनाथ टुहुरा बालबालिकाहरुका लागि आवासीय सुविधा सहित विद्यालयको सर्वाङ्गीण विकासको उद्देश्यलाई केन्द्रिकृत गरेर धार्मिक महायज्ञको आयोजना गरिएको आयोजक मूल समारोह समितिले जनाएको छ। 

तोलि देवलडाँडा माविको खेल मैदानमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा कथा प्रवक्ता श्री चैतन्य कृष्णजी महाराजको मुख्य कथा बाचनसहित विभिन्न भवन कृतनका कार्य गरिएका थिए । ‎

आध्यात्मिक मार्गदर्शन प्रदान गरेका प्रमुख वाचक आचार्य श्री कृष्ण चैतन्य गुरुसहित टिम, कलाकार शिशिर साधक, बाजागाजा, कीर्तन तथा सेवा–सत्कारमा समर्पित सबैप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ ।


Facebook Comments