मकवानपुर जेनजी संयोजकको आह्वान– टुटेर होइन जुटेर अगाडि बढौं
हेटौंडा । मकवानपुर जेन–जी संयोजक सुविन खत्रीले जेनजी आन्दोलनको मागलाई पुरा गर्न सम्पूर्ण युवाहरू एकजुट हुनु पर्ने बताएका छन् । उनले एक विज्ञप्तिमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली आयोग बनाउने, विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान गर्न पाउने व्यवस्था र प्रदेश संरचनाको आवश्यकताअनुसार पुनर्संरचना जेनजीको मुख्य माग भएको स्मरण गराएका छन् । यी मागहरुलाई पुरा गर्न तथा गराउन सम्पूर्ण युवाहरू एकताबद्ध भई आन्दोलनको औचित्य र उद्देश्यलाई थप सशक्त बनाउन आग्रह गरेका छन् ।
Facebook Comments