१४ वर्षीया छोरीलाई बला*त्कार गरेको आरोपमा बाबु पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १८ गते १४:०३
Image of https://mayorsap.com/storage/photos/shares/rape_2.jpg

सल्यान । सल्यानमा आफ्नै १४ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बाबुलाई पक्राउ गरेको छ ।

पक्राउ परेका पुरुषलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए ।

उनका अनुसार, अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रहरी निरीक्षक केसीले दिएको जानकारीअनुसार, ३८ वर्षीय बाबुले गत असोज २६ गते छोरीलाई बलात्कार गरेका थिए ।

केही दिनपछि कोही नभएको मौका छोपी पुनः बलात्कारको प्रयास गर्दा आमाले देखेपछि यो जघन्य घटनाको पोल खुलेको थियो ।


Facebook Comments