विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोली घोषणा
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १४:०४
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।
क्यानले बिहीबार २७ सदस्यीय महिला क्रिकेट प्रारम्भिक टोली सार्वजनिक गरेको हो ।
घोषित टोलीले शुक्रबारदेखि काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्नेछ । प्रशिक्षणपछि उत्कृष्ट खेलाडीहरूलाई अन्तिम टोलीमा समावेश गरिनेछ ।

Facebook Comments