एनपीएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते ०२:५२
Image of https://mayorsap.com/storage/photos/shares/npl6-1_1.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । खेल अपराह्न ४ः०० बजेदेखि सुरु हुनेछ ।  

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ ।  जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ। 


Facebook Comments