कागेश्वरी मनोहरा ७ का वडाध्यक्ष थापाको निधन

कागेश्वरी मनोहरा नगरपालिकामा आज शोक बिदा

No Author Assigned | २०८२ मंसिर २० गते ०७:३९
Image of https://mayorsap.com/storage/photos/shares/68fb346703993_2.jpg

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । 

उनको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए।

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको छ । 


Facebook Comments