दुर्गालक्ष्मी नमुनाले जित्यो गोदावरी राष्ट्रपति रनिङ शिल्डको उपाधि
१८ स्वर्णसहित ५३ पदक हात पार्यो
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते ०५:२३
काठमाडौं । साबिक विजेता सैनिक आवासीय महाविद्यालयलाई पराजित गर्दै दुर्गालक्ष्मी नमुना माविले गोदावरी नगरपालिकाको नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ ।
दुर्गालक्ष्मी नमुना माविले १८ स्वर्ण, १३ रजत र २२ कांस्यसहित कुल ५३ पदक जितेर विजेता बनेको हो । अघिल्लो संस्करणमा दोस्रो बनेको दुर्गालक्ष्मीले यसपटक ८ स्वर्ण थप गरी पहिलो स्थान हासिल गर्यो ।
साबिक विजेता सैनिक आवासीय महाविद्यालय १२ स्वर्णसहित ४७ पदक जितेर दोस्रो स्थानमा सीमित भयो, भने दुर्गा भवानी मावि ९ स्वर्णसहित १६ पदक जित्दै तेस्रो बन्यो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
गोदावरी नगरपालिकाको आयोजनामा भएको यस प्रतियोगितामा ४३ विद्यालयको सहभागिता रहेको थियो ।

Facebook Comments