हेटौंडामा सडक विस्तार सुरु, अतिक्रमित संरचनामा चलाइयो डोजर
मेयरसाप डेस्क
|
२०८२ मंसिर २० गते ०३:१४
काठमाडौं । हेटौंडा बजारमा आज शनिबार बिहानैदेखि सडक विस्तार कार्य सुरु भएको छ। हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार सुरु भएको हो ।
सडक डिभिजन हेटौंडाले मंसिर ५ गते सूचना जारी गर्दै दिएको १५ दिने म्याद सकिएसँगै आजदेखि सडकको दायाँबायाँ २५/२५ गजभित्र पर्ने संरचना भत्काउन सुरु गरिएको हो।
बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक सीमाभित्र रहेका संरचना डोजर लगाएर हटाउन थालेको हो। बजार क्षेत्रका ३/४ ठाउँबाट एकैपटक सडक विस्तार कार्य सुरू गरिएको सडक डिभिजनले जनाएको छ ।
२०३४ सालदेखि नै हेटौंडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो । शुक्रबार मात्र सर्वोच्च अदालतले हेटौंडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
Facebook Comments