मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज शपथ लिँदै
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते १६:४०
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आज बिहान १० बजे मुख्यमन्त्री यादवले शपथ ग्रहण गर्ने कार्यक्रम छ । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने बताइएको छ ।
शनिबार राति सत्तारुढ दलहरुबीचको भएको छलफलमा मन्त्रालयको भागवण्डाबारे सहमति भएको छ । जस अनुसार जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि मधेश सरकारका तीन मन्त्रालय पाउने बताइएको छ ।
मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले दुई मन्त्रालयमा चित्त बुझाउने छ । जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ । मुख्यमन्त्रीमा विश्वासको मत नपाएको लोसपा नेपालले पनि दुई मन्त्रालय पाउने भएको छ ।
Facebook Comments