गृह जिल्लामा जनार्दनलाई कार्यकर्ताले गरे बहिष्कार

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २१ गते १६:५५
Image of https://mayorsap.com/storage/photos/shares/untitled-designpdf_15.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका नेता जनार्दन शर्माले पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुग्दा विरोधको सामना गर्नुपरेको छ ।

उनी आज बिहान नेपाल एयरलाइन्सको विमान चढेर सदरमुकाम खलङ्गा ओर्लिएका थिए ।

विमानस्थलबाट बाहिरिने क्रममा केही कार्यकर्ता तथा युवाहरूले उनलाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका हुन् ।

स्थिति अप्रिय हुन नदिनका लागि विमानस्थल क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।


Facebook Comments