अंशु गौतम ह*त्याकाण्ड : २ महिनापछि छिमेकी पक्राउ

मृत्युको कारण पारिवारिक रिसिइबी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २१ गते १४:५४
Image of https://mayorsap.com/storage/photos/shares/nagna-pak_1.jpg

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले एक जना छिमेकी पुरुषलाई नियन्त्रणमा लिएको छ ।

गत असोज २१ गते घरबाट हराएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा मृत फेला परेकी थिइन् ।

दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिले अंशु हराएकै दिन उनको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

हत्याको कारणबारे प्रहरीले औपचारिक जानकारी नदिए पनि पारिवारिक रिसिइबी नै मुख्य कारण रहेको प्रहरी स्रोतले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख कबित कटवालले हत्या अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको बताए । यो घटनाको अनुसन्धानमा जिल्ला, प्रदेश र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको थियो ।


Facebook Comments