रेडक्रसको एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते १६:४१
सर्लाही । सर्लाहीमा ठूलो परिमाणमा गाँजा तस्करीमा प्रयोग भएको एम्बुलेन्ससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हीरालाल टोलबाट आज बिहान ५१ किलो गाँजा बोकेर हिँड्न ठिक्क पारिएको नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनको टोलीले नियन्त्रणमा लिएको हो ।
एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, प्रहरीले लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित नियन्त्रणमा लिएको छ ।
Facebook Comments