गोवाको नाइट क्लबमा विष्फोट हुँदा २३ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २१ गते १९:४५
Image of https://mayorsap.com/storage/photos/shares/goa-nightclub-cylinder-blast-1024x627.jpg

काठमाडौं । भारतको गोवास्थित अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा सिलिन्डर पड्किएर आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

शनिबार राति करिब १२ बजे भएको उक्त विष्फोटमा परी मृत्यु हुनेमा तीन महिला र केही पर्यटकहरू समेत रहेको गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले पुष्टि गरे ।

भारतीय मिडियाहरूका अनुसार, कतिपयको जलेर र कतिपयको धुवाँमा निसास्सिएर ज्यान गएको छ । घटनाको जानकारी पाउनासाथ मुख्यमन्त्री सावन्त र स्थानीय जनप्रतिनिधिहरू घटनास्थल पुगेका थिए ।

गोवा सरकारले यस भयानक घटनाको विस्तृत जाँच गर्न र दोषीलाई कारबाही गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइसकेको छ ।


Facebook Comments