मेयर कप फुटबल प्रतियोगितामा खेलाडीमाथि निर्घात कुटपिट
खेल केही दिनका लागि स्थगित
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते १९:४४
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिताका क्रममा वडा नम्बर १० का खेलाडी करन पालमाथि निर्घात कुटपिट भएको छ ।
वडा नम्बर १ र १० बीच चलेको सेमिफाइनल खेलका क्रममा ’हेण्ड’ बलको विषयलाई लिएर विवाद चर्किएपछि वडा नम्बर १ का खेलाडीहरूले पालमाथि सामूहिक रूपमा कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।
कुटपिटबाट खेलाडी पालको टाउको, नाक, आँखा, अनुहार र शरीरमा गम्भीर चोट लागेको छ । अहिले उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
खेलाडीमाथि सामूहिक कुटपिट भएपछि प्रतियोगिता प्रभावित बनेको छ । आयोजकले खेलाडीको उपचारका लागि खेल केही दिनका लागि स्थगित गरिएको जनाएको छ ।
Facebook Comments