राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २२ गते २१:५५
Image of https://mayorsap.com/storage/photos/shares/rajendra-kumar.jpg

काठमाडौं । सरकारले सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिव पदमा बढुवा गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले नेपाल प्रशासन सेवा, समूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय भएको बताए।

पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको रूपमा कार्यरत थिए।


Facebook Comments