सर्वोच्च अदालतको आदेशबाट नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्य पुनःस्थापित

No Author Assigned | २०८२ मंसिर २३ गते २०:४२
Image of https://mayorsap.com/storage/photos/shares/hitendradev-shakya.jpg

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनःस्थापित गर्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई पूर्ववत् पदमा फर्काउन निर्देशन दिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि शाक्यले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिटमाथि सुनुवाइ गर्दै अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्नू भनी आदेश जारी गर्दै शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनःस्थापना गर्न ठहर गरेको हो।


Facebook Comments