पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २२ गते २१:१२
Image of https://mayorsap.com/storage/photos/shares/suresh-rajak.jpg

काठमाडौँ । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। 


Facebook Comments