बहुविवाहको कसुरमा डीएसपी नेपाल पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २४ गते ०३:४४
Image of https://mayorsap.com/storage/photos/shares/68dbb25309ce2_4.jpg

काठमाडौं । बहुविवाहको कसुरमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । डीएसपी नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार, नेपालकी पहिलो श्रीमतीको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिई उनलाई नियन्त्रणमा लिइएको हो ।

नेपालले हिजो साँझ आफैँ प्रहरी कार्यालयमा आएर हाजिर भएपछि पक्राउ गरी ३ दिनको म्याद थप गरिएको छ । उनीमाथि बहुविवाहबारे आवश्यक अनुसन्धान र प्रमाण बुझ्ने काम भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

प्रहरीले डीएसपी नेपालकी दोस्रो श्रीमतीको खोजी कार्य समेत गरिरहेको जनाइएको छ ।


Facebook Comments