चन्द्र भण्डारीद्वारा कांग्रेस सभापतिमा उठ्ने घोषणा
मेयरसाप डेस्क
|
२०८२ मंसिर २४ गते ०६:०६
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गुल्मी–१ बाट निर्वाचित सांसद चन्द्र भण्डारीले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो आकांक्षा र दृष्टिकोण स्पष्ट पारेका हुन् । उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित !’
स्वच्छ छवि र प्रस्ट विचारका नेता मानिने भण्डारी १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । कांग्रेसको १५औँ महाधिवेशन पुस २७ देखि २९ सम्म काठमाडौंमा हुने घोषणा भएको छ ।
भण्डारीले देश र संगठनको हितका लागि शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार रहेको बताएका छन् ।
Facebook Comments