काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर २४ गते ०८:११
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गतको इलिमिनेटर खेलमा काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भयो ।
काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलमले समान १८–१८ रन जोडे ।
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र शेर मल्लले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिए । रुवेन ट्रम्पलम्यानले दुई तथा अभिषेश गौतमले एक विकेट हात पारे ।
अब लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि विराटनगर किंग्ससँगको भेट सुनिश्चित गर्न ११२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको छ ।
Facebook Comments