फागुन २१ गतेको चुनावले जटिलता निम्त्याउँछ : अध्यक्ष लिङ्देन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २४ गते ०८:१०
Image of https://mayorsap.com/storage/photos/shares/rajendra-lingden-b13da6f8.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले फागुन २१ गते मध्यावधि चुनाव गर्ने निर्णयले मुलुकलाई निकास वा समाधान नदिई थप जटिलतातर्फ लैजाने धारणा राखेका छन् ।

बुधबार आयोजित राप्रपा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले असफल भइसकेको संविधान र पुरानै निर्वाचन प्रणालीमा टेकेर चुनाव गर्दा अहिलेको समस्या नटर्ने बताए ।

लिङ्देनले आफूलाई ‘हामी नै प्रमुख दल हो’ भन्ने दलहरू चरम अलोकप्रिय बनेर जनतामा जान नसकेको अवस्थामा मुलुकको स्वाधीनताको रक्षा गर्ने पार्टी राप्रपा मात्रै भएको दाबी गरे ।

राप्रपाले जेन–जी विद्रोहपछिको यो महत्वपूर्ण बैठकबाट आगामी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी पार्टीका सबै तहको कार्यकाल थप्ने निर्णय गरेको पनि लिङ्देनले जानकारी दिए ।


Facebook Comments