राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहसँग माग्यो अनुदानका लागि प्रस्ताव

आगामी माघ मसान्तभित्र प्रस्तावसहितको विवरण पेस गर्न आग्रह

No Author Assigned | २०८२ मंसिर २७ गते ११:०९
Image of https://mayorsap.com/storage/photos/shares/national-planning-commission.jpg

काठमाडौ‌। राष्ट्रिय योजना आयोगले २०८३/८४ का लागि सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमहरूका लागि प्रदेश सरकार तथा स्थानीय तहहरूबाट प्रस्ताव आह्वान गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै सबै प्रदेश सरकार र स्थानीय तहहरूलाई आगामी २०८२ माघ मसान्तभित्र प्रस्तावसहितको विवरण पेस गर्न आग्रह गरेको हो । 

प्रस्ताव पेस गर्दा समपूरक अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’ र ‘विशेष अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’ मा उल्लेखित सर्त तथा प्रक्रियाहरू अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ। कानुनतः जिम्मेवार पदाधिकारीहरू सबैबाट सर्त पूरा भएको प्रमाणीकरण फारम भरी पेस गर्नुपर्नेछ। प्रदेशको हकमा सम्बन्धित प्रदेश नीतिरयोजना आयोगको सिफारिससहित प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्नेछ भने स्थानीय तहको हकमा प्राथमिकीकरणसहितको कार्यपालिकाको निर्णय (उपस्थिति सहित) पेस गर्नुपर्नेछ।

आगामी आर्थिक वर्षका लागि यसअघि अनुदान प्राप्त गरी कार्यान्वयनमा गएका र सम्पन्न हुन बाँकी रहेका क्रमागत आयोजनाहरूलाई पहिलो प्राथमिकता दिई तत्कालीन कार्यविधिको व्यवस्था बमोजिम प्रस्ताव पेस गर्न आयोगले जानकारी दिएको छ।


Facebook Comments