सुनचाँदीको मूल्यमा भारी वृद्धि, कति पुग्यो आज ?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते १६:३६
Image of https://mayorsap.com/storage/photos/shares/68ff2398acdfb-1.jpg

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १०० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।


Facebook Comments