सप्तरीका पाँच स्थानीय तहमा जग्गा वर्गीकरणमा ढिलाइ

कित्ताकाटमा समस्या

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते २३:१४
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design-1.png

काठमाडौं । सप्तरी जिल्लाका १८ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहले भू–उपयोग नियमावली अनुसार जग्गा वर्गीकरण गर्न सकेका छैनन् । यसले गर्दा सर्वसाधारणको जग्गा कित्ताकाट, अंशबन्डा लगायतका काम प्रभावित भएका छन् ।

हनुमाननगर कंकालिनी, सप्तकोसी नगरपालिका र तिलाठी कोइलाडी, तिरहुत तथा छिन्नमस्ता गाउँपालिकाले जग्गा वर्गीकरण गर्न बाँकी छ । नक्सा प्रिन्ट नहुँदा काम अड्किएको अध्यक्ष अरुणकुमार मण्डलले बताए । जेनजी आन्दोलन र प्रिन्टर समस्याका कारण काम रोकिएको उनको भनाइ छ ।

जग्गा वर्गीकरणका लागि आर्थिक वर्ष ०८०–०८१ मा ९ लाख ४० हजार रुपैयाँ खर्च गरे पनि वर्गीकरण भएको छैन । उपाध्यक्ष राजुदेवी यादवले बजेट निकासा भइसक्दा पनि काम नहुँदा सर्वसाधारणले सास्ती पाएको बताएकी छिन् । मेयर रामप्रसाद ढकालका अनुसार, वर्गीकरण प्रक्रिया पूरा हुन अझै एक महिना लाग्नेछ ।

भू–उपयोग नियमावली जारी भएपछि कित्ताकाट रोकिएकोमा गत कात्तिक २७ मा भएको तेस्रो संशोधनले २०८३ असारसम्मका लागि आंशिक रूपमा कित्ताकाट खुला गरेको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख किशोरकुमार रामले वर्गीकरण नभएका स्थानीय तहमा पनि नियमावलीको तेस्रो संशोधनअनुसार कित्ताकाट भइरहेको जानकारी दिएका छन् ।


Facebook Comments