एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते ०२:१६
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मञ्च व्यवस्थापनका संयोजक तथा पोलिटब्यूरो सदस्य विनोद श्रेष्ठले महाधिवेशन भव्य बनाउन सबै काम लगभग सकिएको जानकारी दिए ।
श्रेष्ठका अनुसार, महाधिवेशन भक्तपुरमा गर्नुको उद्देश्य यस पुरातात्विक सहरलाई प्रवद्र्धन गर्नु हो । मञ्चलाई सन्देशमूलक बनाउन भक्तपुरको चाँगुनारायण मन्दिरको प्रतिमासहित काठमाडौंका पशुपतिनाथ, स्वयम्भूनाथ, ललितपुरको कृष्ण मन्दिर र भक्तपुरको न्यातापोल मन्दिर लगायतका प्रतिमाहरू राखिएको छ ।
यसबाट नेकपा एमालेले सिद्धान्त मात्र नभई सांस्कृतिक विषयमा पनि काम गर्छ भन्ने सन्देश दिन खोजिएको श्रेष्ठले बताए । जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले महाधिवेशन स्थलमा उल्लेख्य मात्रामा स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।
Facebook Comments