साहित्य सन्तुष्टिमा सीमित नभई उद्देश्यमूलक हुनुपर्छ : ओली
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते ०२:१७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्यलाई केवल सन्तुष्टि प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई समाज र मानव जीवनका लागि उद्देश्यमूलक हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार ‘युगदूत’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले साहित्यले समाजको ऐनाको रूपमा मात्र काम नगरी समाजको रूपान्तरण र पथप्रदर्शकको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘खाली सन्तुष्टिका लागि साहित्य होइन । साहित्य समाजका लागि, मानव जीवनको लागि र उद्देश्यमूलक साहित्य हुनुपर्छ ।’
उनले चिन्तन र विचारले समाजलाई बाटो देखाउने उल्लेख गर्दै विश्वका विभिन्न क्रान्तिहरूमा साहित्यकार र रचनाकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
समाजोपयोगी र समाजलाई वास्तवमा सकारात्मक सहयोग पुर्याउने खालको साहित्य आजको आवश्यकता रहेको उनको भनाइ छ ।
Facebook Comments