मन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण, लैङ्गिक परीक्षण कार्यविधि स्वीकृत

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते ०२:१६
Image of https://mayorsap.com/storage/photos/shares/sradha-shrestha-aa27f0a5.jpg

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुक्रबार शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी छन् ।

पदभार ग्रहणका क्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको जानकारी दिइन् ।

उनले उक्त कार्यविधि सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना र निर्णय प्रक्रियालाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको बताइन् ।


Facebook Comments