धनगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

६७ जनाले लिए सेवा

No Author Assigned | २०८२ मंसिर २७ गते १८:०६
Image of https://mayorsap.com/storage/photos/shares/dhangadhi-upamahanagar_1.png

काठमाडौं । धनगढी उप–महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई खोजेरै सहायक सामग्री उपलब्ध गराउने उद्देश्यले क्लस्टर अनुसारको स्क्रिनिङ्ग शिविर सञ्चालन गरिरहेको छ । यो अभियान आर्थिक वर्ष २०७९–८० देखि निरन्तर चलिरहेको हो ।

मेयर गोपाल हमालका अनुसार, उप–महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी ह्विलचियर, वाकर, ट्राई साइकल, हियरिङ्ग एडलगायतका सामग्रीहरू निःशुल्क वितरण गर्न प्रत्येक वर्ष वडा स्तरमा शिविर सञ्चालन गरिँदै आएको छ ।

सोही अभियान अन्तर्गत शुक्रवार धनगढी–१९, फूलबारी स्वास्थ्य चौकीमा सम्पन्न स्क्रिनिङ्ग शिविरमा ६७ जनाले (३७ महिला, २५ पुरुष र ५ बालबालिका) सेवा लिएका छन् ।

उप–महानगरपालिकाले मंसिर २६ गते उर्मा स्वास्थ्य चौकी (वडा नं. १६), २८ गते जुगेडा (वडा नं. १२), २९ गते कैलालीगाउँ (वडा नं. १३) र पुस १ गते उप–महानगरपालिका प्राङ्गणमा स्क्रिनिङ्ग शिविर सञ्चालन गर्ने जनाएको छ ।

नगरप्रमुख हमालले अपाङ्गता भएका व्यक्तिहरूलाई सहजताका लागि यस्ता शिविरलाई निरन्तरता दिइने बताएका छन् ।


Facebook Comments