प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा

सफाइबिरुद्ध अख्तियारको पुनरावेदन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते २३:१४
Image of https://mayorsap.com/storage/photos/shares/sarbocha-1-1_2.jpg

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालत पुगेको छ ।

आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवसहित ११ जनाविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले ०८१ असार १८ मा दिएको सफाइ त्रुटिपूर्ण भएको भन्दै शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

आर्थिक वर्ष ०७५-०७६ मा पर्यटन क्षेत्रमा आरसीसी गेट निर्माण, अधुरो भवन निर्माण लगायतका कार्यमा काम गरेभन्दा बढी रकम भुक्तानी लिएको अख्तियारको आरोप छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव, इन्जिनियर खुर्सेद इक्राम र लेखा प्रमुख सोनुकुमार सोनीसहित तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वे, योजना अनुगमन समिति सदस्यहरू र उपभोक्ता समितिका पदाधिकारीहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना र बिगो जफतको मागदाबी लिएको थियो ।


Facebook Comments