पदाधिकारी संख्या नबढाउने एमाले सचिवालय बैठकको निर्णय
विधान महाधिवेशनको निर्णय यथावत्
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते २३:१५
काठमाडौं । नेकपा एमालेले आफ्नो ११औं महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीको संख्या नबढाउने निर्णय गरेको छ ।
शुक्रबार झन्डै पाँच घण्टा चलेको सचिवालय बैठकले विधान महाधिवेशनबाट पारित पदाधिकारीको संख्यालाई यथावत् राख्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
पदाधिकारीको संख्या १५ सदस्यमै सीमित रहने भएको छ, जुन गत भदौमा सम्पन्न विधान महाधिवेशनले १९ बाट घटाएर तय गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउने प्रस्ताव गरे पनि सचिवालय बैठकमा सहमति जुट्न नसकेको एक नेताले बताए ।
केन्द्रीय कमिटीको आकार पनि विधानअनुसार २५१ सदस्यीय नै रहने भएको छ, जुन महाधिवेशनले घटाएर तय गरेको थियो ।
Facebook Comments