जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते २३:१५
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ ।
बोल्ट्सले आज यहाँ पत्रकार सम्मेलन गर्दै ‘जेबी क्रिकेट एकेडेमी’ सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो ।
पहिलो संस्करणको विजेता जनकपुर जारी सिजनमा भने प्लेअफमा नपुग्दै खेलबाट बाहिरिएको थियो ।
जनकपुरका व्यवस्थापकीय निर्देशक उत्सव सिग्देलले मधेस प्रदेशलाई प्राथमिकतामा राखेर एकेडेमी सञ्चालन गर्ने जानकारी दिए ।
घोषणा कार्यक्रममा दोस्रो सिजनको एनपिएलमा मुख्य प्रशिक्षक रहेका शिवनाराइन चन्द्रपलको उपस्थिति थियो ।
जनकपुरले प्रशिक्षक चन्द्रपलसँग आगामी वर्षहरूका लागि पनि सम्झौता भएको जनाएको छ ।
Facebook Comments