भारतमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते २३:१४
Image of https://mayorsap.com/storage/photos/shares/web-photo-editor_1.jpg

भारत । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको अल्लुरी सीताराम राजु जिल्लामा शुक्रबार भएको एक भयानक बस दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ, भने २९ जना घाइते भएका छन् ।

राजधानी अमरावतीबाट करिब २६७ किलोमिटर उत्तरपूर्वमा रहेको तुलसीपाकालु गाउँ नजिकै यात्रुबाहक बस सडकबाट चिप्लिएर खोलामा खसेको थियो ।

बसमा ३५ यात्रुसहित दुई चालक र एक क्लिनर सवार थिए । पीडितहरू अरकु उपत्यकाबाट भद्राचलम मन्दिरमा दर्शन गर्न हिँडेका स्थानीय पर्यटक रहेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले जङ्गलले घेरिएको बाटोको तीव्र मोडमा हिँड्दा बस सडकबाट पल्टिएको जनाएको छ । एक प्रहरी अधिकारीले बाक्लो कुहिरोका कारण चालकले सडक नदेखेको हुन सक्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको थियो । प्रहरीले दुर्घटनाको विस्तृत अनुसन्धानको आदेश दिएको छ ।


Facebook Comments