नेपाल–चीन कूटनीतिक सम्बन्धको वार्षिकोत्सवः छोङछिङ महानगरमा सांस्कृतिक कार्यक्रम

छोङछिङ महानगरमा नेपाली उत्पादनहरूको प्रदर्शनी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २७ गते १७:४७
Image of https://mayorsap.com/storage/photos/shares/cultural-performance-1_1.JPG

काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 

त्यस क्रममा नेपाली चिया, कफी, फेल्ट, पश्मिना, धूप, सिङिङ बाउल, थान्कालगायतका नेपाली उत्पादनहरूको प्रदर्शनी गरिएको छन्दुस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ । 

सांस्कृतिक आदानप्रदानअन्तर्गत चिनियाँ परम्परागत वाद्ययन्त्र ‘गुछिन’को वादन तथा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा परम्परागत नृत्यहरू प्रदर्शन गरिएका थिए ।

महावाणिज्यदूतावासको संयोजनमा भएका ती कार्यक्रममा छोङछिङ युझोङ जिल्ला सरकार, छोङछिङ नगरपालिका र नेपाल पर्यटन बोर्डका पदाधिकारीलगातय ५० जना सहभागी थिए । 


Facebook Comments